बार्सिलोनासँग मेस्सीको करार ‘लिक’: खेलकुद इतिहासकै सबैभन्दा ठूलो
स्पेनिस पत्रिका एल मुन्डोले लियोनेल मेस्सी र बार्सिलोनाबीचको करार हात पारेको दाबी गर्दै उक्त करार खेलकुद इतिहासकै सबैभन्दा ठूलो भएको बताएको छ ।
पत्रिकामा प्रकाशित रिपोर्टअनुसार सर्तहरु पुरा भए मेस्सीले चार सिजनमा साढे ५५ करोड (५५,५२,३७,६१९) युरो प्राप्त गर्नेछन् । यो करार सन् २०१७ को नोभेम्बरमा गरिएको थियो जुन यसै वर्षको जुन ३० मा समाप्त हुन्छ । यदि करार सम्झौता नविकरण नभए मेस्सीले क्लब छाड्न पाउनेछन् ।
मेस्सीले यो सिजनको सुरुवातमा नै क्लब छाडेर जान चाहेका थिए तर क्लबसँग कानुनी लडाइँ लड्न पर्ने भएपछि उनी क्लबमा बसेका थिए ।
शनिबार राति प्रकाशित गरिएको रिपोर्टमा अर्जेन्टिनी फरवार्डलाई क्लबले हरेक सिजन १३.८ करोड युरो दिने सम्झौता गरिएको उल्लेख छ । यसमा ११,५२,२५,००० युरो करार नविकरणको बोनस र ७,७९,२९, ९५५ युरो बफादारिताको बोनस पनि समावेश छ ।
पत्रिकाका अनुसार करार सकिन ५ महिना बाँकी छँदा मेस्सीले ५१,१५,४०,५४५ युरो आम्दानी गरिसकेका छन् ।
क्लबले सन् २०१९–२० मा १.२ अर्ब युरो ऋणमा रहेको आर्थिक रिपोर्ट प्रकाशित गरेको भोलिपल्ट मेस्सीको करार लिक भएको हो । यसले मेस्सीलाई थप रुष्ट बनाउने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण