बार्सिलोनासँग मेस्सीको करार ‘लिक’: खेलकुद इतिहासकै सबैभन्दा ठूलो
स्पेनिस पत्रिका एल मुन्डोले लियोनेल मेस्सी र बार्सिलोनाबीचको करार हात पारेको दाबी गर्दै उक्त करार खेलकुद इतिहासकै सबैभन्दा ठूलो भएको बताएको छ ।
पत्रिकामा प्रकाशित रिपोर्टअनुसार सर्तहरु पुरा भए मेस्सीले चार सिजनमा साढे ५५ करोड (५५,५२,३७,६१९) युरो प्राप्त गर्नेछन् । यो करार सन् २०१७ को नोभेम्बरमा गरिएको थियो जुन यसै वर्षको जुन ३० मा समाप्त हुन्छ । यदि करार सम्झौता नविकरण नभए मेस्सीले क्लब छाड्न पाउनेछन् ।
मेस्सीले यो सिजनको सुरुवातमा नै क्लब छाडेर जान चाहेका थिए तर क्लबसँग कानुनी लडाइँ लड्न पर्ने भएपछि उनी क्लबमा बसेका थिए ।
शनिबार राति प्रकाशित गरिएको रिपोर्टमा अर्जेन्टिनी फरवार्डलाई क्लबले हरेक सिजन १३.८ करोड युरो दिने सम्झौता गरिएको उल्लेख छ । यसमा ११,५२,२५,००० युरो करार नविकरणको बोनस र ७,७९,२९, ९५५ युरो बफादारिताको बोनस पनि समावेश छ ।
पत्रिकाका अनुसार करार सकिन ५ महिना बाँकी छँदा मेस्सीले ५१,१५,४०,५४५ युरो आम्दानी गरिसकेका छन् ।
क्लबले सन् २०१९–२० मा १.२ अर्ब युरो ऋणमा रहेको आर्थिक रिपोर्ट प्रकाशित गरेको भोलिपल्ट मेस्सीको करार लिक भएको हो । यसले मेस्सीलाई थप रुष्ट बनाउने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक अनिश्चित, प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
-
राष्ट्रियसभा बैठक : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह
-
प्रदीप र दिव्याले सुरु गरे ‘एक्टर’
-
केजरीवालले अदालतबाट पाए राहत, १ जुनसम्मका लागि अन्तरिम जमानत
-
कांग्रेस वर्तमान गठबन्धन भत्काउन शुरुबाटै लागेको छः नेता दाहाल
-
सातु र सर्बत खाएर अक्षय तृतीय मनाइयो (तस्बिरहरू)