१६ दिनदेखि युवक बेपत्ता, ससुराली पक्षले बेपत्ता पारेको आफन्तको आरोप
सम्राट सिंह
बझाङका एकजना युवक १६ दिन देखि बेपत्ता भएका छन् । ससुराली दाङ हिँडेका जयपृथ्वी नगरपालिका ४ गोलाइ घर भएका २० वर्षीय लक्ष्मण विक विगत १६ दिनदेखि बेपत्ता छन् । विकले चौध महिनाअघि दाङ तुल्सीपुर नगरपालिका–१८ की गायत्री कुमालसँग विवाह गरेका थिए । श्रीमती भेट्न ससुराली गएका विक बेपत्ता भएपछि उनका आफन्तहरुले ससुराली पक्षहरुले नै बेपत्ता पारेको आरोप लगाइरहेका छन् ।
विवाह भएको पाँच महिनासम्म बझाङ बसेर माइतीघर दाङ हिँडेकी गायत्री बझाङ फर्किन नमानेपछि घरमा लिन भनि गएका छोरा बेपत्ता भएको उनका बुवा हरी विकले बताए । लक्ष्मण र गायत्रीको फोनमा समेत झगडा हुने गरेको र छोरालाई ससुराली बोलाएर ससुराली पक्षले नै बेपत्ता पारेको उनको आरोप छ ।
श्रीमती लिन ससुराली हिँडेका लक्ष्मण बेपत्ता भएपछि खोजीको लागि दाङ प्रहरीमा उजुरी दिएको तर हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तामा परेका परेका छन् ।
माघको पहिलो सातातिर काठमाडौंमा रहेका लक्ष्मणलाई गायत्रीले नै फोन गरेर लिन आउन भनेर फोन गरेको उनका दाई गणेश विकले बताए । उनले भने, ‘बुहारीले नै लिन आउ भनेर फोन गरेर बोलाएकी हुन्, हालसम्म पनि भाइको अत्तोपत्तो छैन । माइती पक्षले नै बेपत्ता पा¥यो कि भन्ने शंका उत्पन्न भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण