डोनल्ड ट्रम्पले पाउने छैनन् कुनै गोप्य जानकारी, अमेरिकी इतिहासमा यस्तो पहिलो पटक हुँदै
अमेरिकी इतिहासमा पहिलो पटक कुनै निवर्तमान राष्ट्रपतिलाई क्लासिफाइड इन्टेलिजेन्स ब्रिफिङ हासिल गर्ने अधिकार हुने छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार यो कुरा पुष्टि गरेका हुन् ।
वास्तवमा यो एउटा शिष्टाचार हो जसअनुसार निवर्तमान राष्ट्रपतिले पनि गोप्य जानकारी पाउँछन् तर यसपटक यस्तो हुनेछैन । ट्रम्पले यस्तो प्रकारको गोप्य जानकारी हासिल ष्र्नुको कुनै अर्थ नभएको बाइडेनले बताएका छन् ।
बाइडेनलाई अन्तर्वार्ताको क्रममा ‘खासमा तपाईंलाई के कुराको चाहिँ चिन्ता छ ?’ यो प्रश्नको जवाफमा उनले भनिन्, ‘म चाहन्नँ कि यसबारे कसैले पनि बढी अनुमान गरुन् । म यतिमात्रै चाहन्छु कि ट्रम्पले यस्तो प्रकारको कुनै पनि गोप्य जानकारी प्राप्त नगरुन् ।’
उनले थपे, ‘म यतिमात्रै सोच्छु कि ट्रम्पलाई कुनै पनि प्रकारको इन्टेलिजेन्स ब्रिफिङ गराउन आवश्यक छैन । ’ उनले प्रश्न सोध्दै भने, ‘उनलाई कुनै जानकारी दिनुको अर्थ के हो ? उनीमाथि अहिलेसम्म के प्रभाव पर्यो ? उनी यसै पनि वास्तविकताको मतलबै नगरी जे पनि बयान दिने व्यक्ति हुन् । ’
ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन साकीले यो हप्ताको सुरुवातमा यो मुद्दाको विषयमा भनेकी थिइन्, ‘डोनल्ड ट्रम्पलाई गोप्य जानकारी दिने नदिनेबारे अहिले चर्चा भइरहेको छ ।’
केही डेमोक्रेटिक सांसद र ट्रम्प प्रशासनका पूर्व अधिकारीले पनि ट्रम्पलाई यस्तो प्रकारको जानकारी दिनेबारे प्रश्न तेर्साएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण