ईरानमाथि लगाइएको प्रतिबन्ध तत्काल हट्दैनः बाइडेन
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । सीबीइस न्युजका लागि दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् ।
अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका लागि ईरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ कि हटाउँदैन ? भन्ने प्रश्न सोधिँदा त्यसको जवाफमा बाइडेनले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् । यद्यपि, अमेरिकाले आणविक सम्झौताको पुनः कार्यान्वयन गर्न इरानमाथि दबाब दिइराख्ने तयारी गरेको छ ।
सन् २०१५ मा संयुक्त राज्य अमेरिका लगायतका मुलुकहरुले ईरानसँग आणविक सम्झौता गरेका थिए । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले त्यसलाई एकतर्फी रुपमा तोडेको थियो । अमेरिकाले एकतर्फी रुपमा सम्झौता तोडेर आर्थिक नाकाबन्दी घोषणा गरेपछि ती दुई मुलुकबीचको सम्बन्ध राम्रो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण