संगीतकार राजु सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
विशिष्ट संगीतकार राजु सिंह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । ‘नाट्यश्वर म्युजिक अवार्ड २०७७’मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।
आइतबार नुवाकोटामा आयोजित अवार्ड समारोहमा सिंहलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आयोजकका तर्फबाट नगद ११ हजारसहित सम्मान दिएका हुन् ।
‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित अवार्डमा गीत संगीत क्षेत्रका श्रष्ठा तथा सृजनलाई विभिन्न ४८ विधामा अवार्ड प्रदान गरियो ।
किरण अधिकारीका संयोजक रहेको अवार्डमा कला तथा रंग पत्रकारितामार्फत कला, संस्कृति तथा संरक्षणमा कलम चलाएको ५ पत्रकार समेत सम्मानित भए । सम्मानित हुनेमा देवचन्द्र भट्ट, दिपज्योति थापा, निमेष गौतम, बाबुराम सिग्देल र राममणि ढकाल रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण