अफगानिस्तानमा हवाई आक्रमण, ६ तालिवान लडाकू मारिए
सोमबार, २६ माघ २०७७, १५ : ४३
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका सैनिक स्रोतले सोमबार पुष्टि गरेको छ ।
फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाई कारबाहीमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै १४ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ । तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण