उत्तराखण्डमा हिमपहिरोः ३ नेपालीसहित १ सय १५ जना वेपत्ताको नाम सार्वजनिक
एजेन्सी । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ । स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन् ।
स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा हुन् ।
वेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका वासिन्दा रहेका छन् । उत्तर प्रदेशका ४६ जना वेपत्ता भएका छन् । त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पञ्जावका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु कश्मीरका १ र ओडिसाका १ जना रहेका छन् । वेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ । वेपत्ता हुने अधिकांश हाइड्रोपावरमा कार्यरत मजदूर रहेका छन् ।
यद्यपि, स्थानीय प्रशासनले १ सय १५ जनाको नाम सार्वजनिक गरेपनि २ सयभन्दा बढी व्यक्ति वेपत्ता भएको समाचार आइरहेको छ । आइतबार बिहान साढे १० बजे हिमनदी फुटेपछि धौलीगंगा (ऋषिगंगा) नदीमा ठूलो बाढी आएको थियो । अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ भने ऋषिगंगा हाइड्रोपावर लगायतका जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण