हराएका २५ मोटरसाइकल खोजतालास गरी सम्बन्धित धनीलाई बुझाइयो
काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतालास गरी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको विशेष अपरेशन टोली परिचालन गरी चोरीमा संलग्न व्यक्तिसहित मोटरसाइकलहरु नियन्त्रणमा लिइएको हो ।
उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंग, कलंकी लगायतका स्थानबाट फेला पारिएको २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महशाखाका अनुसार सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तिव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी जनक भटटराईले बताए ।
उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकोले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण