अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको टापुमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
एजेन्सी । दक्षिणी प्रशान्त सागरको न्यू क्यालेडोनिया टापुमा शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ सो टापुमा ७.७ रेक्टर स्केलको भूकम्प गएको हो । सो टापूमा भूकम्प गएसँगै अष्ट्रेलिया, न्युजिल्याण्ड र फिजीमा सुनामी आउने खतरा रहेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । सुनामी वार्निङ सेन्टरका अनुसार भूकम्प गएलगत्तै प्रशान्त महासागरमा ३ फिट अग्लो छाल मडारिएको छ ।
यो अष्ट्रेलिया र न्युजिल्याण्ड बीचमा पर्ने निकै सुन्दर समुद्री टापु हो । फ्रान्समा पर्ने यस टापुमा ३ लाख जनसंख्या रहेको छ । यसले न्युजील्यान्ड, फिजी र भानुआटुलाई बढी जोखिममा पार्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । यसअघि पनि शक्तिशाली भूकम्पका झड्का गइरहने भएका कारण यो क्षेत्रलाई खतराको सूचीमा राखिएको छ ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु क्यालेडोनियाबाट ४१५ किलोमिटर टाढा रहेको समुद्रको १० किलोमिटर गहिराईमा परेको छ । न्युजिल्यान्ड भानुआटु र अन्य प्रशान्त महासागरीय टापुहरु सँधै भूकम्पको शिकार हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण