मानसिक रोगीलाई मृत्युदण्ड नदिन पाकिस्तानी सर्वोच्च अदालतको आदेश
एजेन्सी । पकिस्तानको सर्वोच्च अदालतले गम्भिर खाले मानसिक रोगबाट ग्रस्त भएका कैदीहरुलाई मृत्युदण्ड नदिन आदेश दिएको छ । विशेषगरी मृत्युदण्डको प्रकृतिलाई समेत नबुुझ्ने मानसिक रोग भएका कैदीहरुलाई सजाय दिदाँ न्याय नहुने अदालतको फैसला छ ।
‘यदि मानसिक रोगका कारण आफ्नो सजाय पछाडिको तर्कसंगत कारण थाहा पाउन कैदी असमर्थ छ भने मृत्युदण्ड दिएर न्याय मिल्दैंन’ अदालतको फैसलामा भनिएको छ । विश्वमा धेरै मृत्युदण्ड दिने देशमध्ये पाकिस्तान एक हो । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा यहाँ ४ हजार २ सय २५ जनाले मृत्युदण्डको मुद्दा खेपिरहेका थिए ।
यसवर्ष ६ सय ३२ जनालाई मृत्युदण्ड दिनका लागि अदालतले फैसला सुनाएको थियो । हत्या, सामूहिक बलात्कार, अपहरणलगायत ३३ वटा विभिन्न अपराधमा यहाँ मृत्युदण्ड दिइने व्यवस्था छ । न्यायिक प्रणालीको दुुरुपयोग भइरहेको भन्दै अभियान चलाइरहेका मानवअधिकारवादी समूहहरुले बुुधबारको अदालतको फैसलालाई स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापनाको आवश्यक : मन्त्री अर्याल
-
माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन
-
वाइ वाइ : स्वादसँगै गुणस्तरमा अब्बल
-
सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ हुँदा जे देखियो, तस्बिरहरु
-
अबको संसद् बैठकमा कांग्रेसले के गर्छ ?
-
‘मृत्युको गुफा’ जहाँ छिर्ने जो कोही मर्छन्