मानसिक रोगीलाई मृत्युदण्ड नदिन पाकिस्तानी सर्वोच्च अदालतको आदेश
एजेन्सी । पकिस्तानको सर्वोच्च अदालतले गम्भिर खाले मानसिक रोगबाट ग्रस्त भएका कैदीहरुलाई मृत्युदण्ड नदिन आदेश दिएको छ । विशेषगरी मृत्युदण्डको प्रकृतिलाई समेत नबुुझ्ने मानसिक रोग भएका कैदीहरुलाई सजाय दिदाँ न्याय नहुने अदालतको फैसला छ ।
‘यदि मानसिक रोगका कारण आफ्नो सजाय पछाडिको तर्कसंगत कारण थाहा पाउन कैदी असमर्थ छ भने मृत्युदण्ड दिएर न्याय मिल्दैंन’ अदालतको फैसलामा भनिएको छ । विश्वमा धेरै मृत्युदण्ड दिने देशमध्ये पाकिस्तान एक हो । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा यहाँ ४ हजार २ सय २५ जनाले मृत्युदण्डको मुद्दा खेपिरहेका थिए ।
यसवर्ष ६ सय ३२ जनालाई मृत्युदण्ड दिनका लागि अदालतले फैसला सुनाएको थियो । हत्या, सामूहिक बलात्कार, अपहरणलगायत ३३ वटा विभिन्न अपराधमा यहाँ मृत्युदण्ड दिइने व्यवस्था छ । न्यायिक प्रणालीको दुुरुपयोग भइरहेको भन्दै अभियान चलाइरहेका मानवअधिकारवादी समूहहरुले बुुधबारको अदालतको फैसलालाई स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण