ब्राजिलमा ४० लाखलाई कोभिड–१९ विरुद्धको खोप दिइयो
बिहीबार, २९ माघ २०७७, १९ : ४४
एजेन्सी । ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ । सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलुक हो ।
ब्रजिलमा अहिलेसम्म दुई लाख ३५ हजार कोभिड–१९ सङ्क्रमित को मृत्यु भइसकेको छ । ब्राजिलमा अझै पनि सङ्क्रमण दर उच्च रहेको छ । विगत २४ घण्टामा ब्राजिलमा ५९ हजार ६०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै यहाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ लाख ५९ हजार १६७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण