ब्राजिलमा ४० लाखलाई कोभिड–१९ विरुद्धको खोप दिइयो
बिहीबार, २९ माघ २०७७, १९ : ४४

एजेन्सी । ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ । सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलुक हो ।
ब्रजिलमा अहिलेसम्म दुई लाख ३५ हजार कोभिड–१९ सङ्क्रमित को मृत्यु भइसकेको छ । ब्राजिलमा अझै पनि सङ्क्रमण दर उच्च रहेको छ । विगत २४ घण्टामा ब्राजिलमा ५९ हजार ६०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै यहाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ लाख ५९ हजार १६७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड