सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

निर्मलले ल्याए देशभक्ति गीत ‘जुटौं अब त उठौं अब त’

शुक्रबार, ३० माघ २०७७, १२ : ४८
शुक्रबार, ३० माघ २०७७

काठमाडौँ । हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौं अब त उठौं अब त’को भिडियो सार्वजनिक भएको छ । 

अमेरिकाको क्यालिफोर्नियाँमा रेकर्ड भएको गीतमा संगीत पनि निर्मलकै रहेको छ ।
गीता बजगाईंको शब्द रहेको गीतमा संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन् । 

गीतको म्युजिक भिडियो निर्देशन राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा गीत तयार गरिएको छ ।

भिडियोमा नगेन्द्र राईको छायाँकन, नृत्य र किशोर खनालको सम्पादन छ । भिडियोमा नेपालका विभिन्न सम्पाद, संस्कृति, प्राकृतिक सुन्दता, भेषभुषा, नृत्य प्रस्तुत गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप