निर्देशक सिंहलाई दोस्रो 'नाट्यश्वर म्युजिक अवार्ड' प्रदान
शनिबार, ०१ फागुन २०७७, १० : ५५
काठमाण्डौँ । करिव एक दशकभन्दा बढी सयमदेखि निर्देशन क्षेत्रमा क्रियाशिल निर्देशक जनक सिंहलाई दोस्रो 'नाट्यश्वर म्युजिक अवार्ड' प्रदान गरिएको छ ।
निर्देशक सिंहलाई केशब बैरागी माईलाको शब्द तथा सुनिल राईको संगित रहेको र अन्जु पन्तको आवाज रहेको तिम्रै हु म बोलको गीत बाट नेपाली सुगम संगित बिधामा सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर अवार्ड प्रदान गरिएको हो ।
सिंहले कान्तिपुर फिल्म एकेडेमीबाट फिल्म निर्देशनमा डिप्लोमा गरेका छन् ।
सिंह मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिएका छन् ।
‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नुवाकोटमा दोस्रो नाटेश्वर म्युजिक अवार्ड सम्पन्न भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण