राप्ती प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे २ करोड बजेट
घोराही। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट सहयोग गरेको छ । सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको हो । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रतिष्ठान अवलोकनपछि आयोजित कार्यक्रममा कामु रजिस्ट्रार झङ्कार लामिछानेले अक्सिजन प्लान्टका लागि सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको जानकारी दिए ।
बजेट आएकाले अब प्लान्ट निर्माणका लागि सबै प्रकृया पूरा गरेर काम अघि बढ्ने प्रतिष्ठानको भनाइ छ । प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीले प्लान्ट स्थापना लागि यस बारेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्रीसँग पहल गर्दै आएकी थिइन् । साथै मुख्यमन्त्री पोखरेलसहित विघटित प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, नेकपाका नेताहरु बलिभद्र राना, नारायण भुसालले यो बारेमा निरन्तर पहल गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण