बलात्कृत बालिकाले मानसिक सन्तुलन गुमाइन्
गुल्मी । केहीदिन अघि गुल्मीमा बलात्कृत १२ वर्षीया बालिकाले मानसिक सन्तुलन गुमाएकी छन् । गत माग २६ गते साँझ गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ४, म्यालपोखरीमा मालिका गाउँपालिका वडा नम्बर ४, अर्खबाङ्ग निवासी २९ वर्षीय जगतबहादुर रानाले ती बालिकालाई बलात्कार गरेका थिए । राना हाल प्रहरीको नियन्त्रणमा छन् ।
यता बलात्कृत बालिकाले भने मानसिक सन्तुलन गुमाएकी छन् । त्यसो त उनी पहिलादेखि नै सुस्त मनस्थितिकी थिइन् । बलात्कृत भएपछि उनले पूर्ण रुपमा मानसिक सन्तुलन गुमाएको उनका काकाको भनाइ छ । ‘बलात्कृत भएदेखि उनले मानसिक सन्तुलन गुमाएर बसेकी छन्,’ पीडित बालिकाका काकाले भने । चना चटपटे बेचेर गुजारा चलाउँदै आएका उनले आफ्नी भतिजीको अवस्था नाजुक बनेको उल्लेख गर्दै रेखदेखका लागि समेत समस्या भएको बताए ।
‘घरमै रेखदेख गरेर बसौं भने दुई छाक खानका लागि कमाउने बाटो नै बन्द हुन्छ,’ उनले भने, ‘चना चटपटे बेच्न जाँदा भतिजीलाई कसले हेरिदिने भन्ने समस्या छ ।’
पीडित बालिकाका बाबुको घरबास नै छैन भने उनी कहाँ छन् भन्ने पनि पत्तो छैन । दोस्रो विवाह गरेकी आमाले पनि उनलाई राख्न नमाने पछि उनी काकाको शरणमा आएकी हुन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पीडित बालिकालाई कुनै सुधार केन्द्रमा राख्ने प्रयास गरिरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण