क्युवाले आफ्नै कोरोना खोप बनाउँदै, दशौं हजारमा परीक्षण गर्ने तयारी
एजेन्सी । कोरोना भाइरस संकट समाधानका लागि क्युवाले आफ्नै खोप ल्याउँदैछ । सोबेराना नाम दिइएको यस खोपलाई केही साताभित्रै दशौं हजार स्वयम् सेवकमा परीक्षण गर्ने क्युवा सरकारको तयारी छ । पहिलो क्लिनिकल परीक्षणको नतिजा निकै उत्साहप्रद र महत्वपूर्ण देखिएको फिन्ले इन्स्टिच्युट अफ भयाक्सिनका निर्देशक डाक्टर भिसेन्ट भेरेज बेन्कोमोले बताएका छन् । क्युवा सरकारले यस वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप लगाउने आशा राखेको छ ।
‘हाम्रो योजना पक्कै पनि पहिले हाम्रो आफ्नै जनसंख्यालाई खोप लगाउने हो’ डाक्टर भेरेजले पत्रकार सम्मेलनमा भने, ‘हामी सोबेरोना २ को व्यवसायिक उत्पादन गर्न गइरहेका छौं र २०२१ मा १० करोड डोज उत्पादन गर्ने योजना बनाइरहेका छौं । देशको ठूलो जनसंख्यालाई खोप लगाउनका लागि हामी पहिले यी डोजको प्रयोग गर्नेछौं ।’
यो निकै महत्वाकांक्षी योजना भएपनि यर्थाथपरक देखिन्छ किनकि क्युवासँग बायोटेक्नोलोजी र इम्युनोलोजीमा ३० वर्षभन्दा लामो अनुभव छ । १९८० को अन्त्यमा क्युवाका वैज्ञानिकहरुले पहिलो मेनिंगिटिस बी खोप बनाएका थिए, त्यसपछि दशकौं लामो अमेरिकी नाकाबन्दीको विकल्प समेत खोज्ने सोचका साथ तत्कालीन नेता फिडेल क्यास्ट्रोले फिन्ले इन्स्टिच्युटको उद्घाटन गरेका थिए । ‘यदि अमेरिकी औषधी कम्पनीहरुले क्युवामा उत्पादनका लागि अधिकार उपलब्ध गराउँदैनन् भने स्वास्थ क्षेत्रमा यसले (फिन्ले इन्स्टिच्युट) आफ्नै समाधान खोज्नेछ,’ क्यास्ट्रोले भनेका थिए ।
यद्यपि, कुनै न कुनै रुपको अन्तर्राष्ट्रिय सहयोग बिना १ सय मिलियन खोप उत्पादन गर्नु क्युवाको सामथ्र्य बाहिर हुन्छ । तर, डोनाल्ड ट्रम्पको हार्डलाईन नीतिलाई वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले उल्ट्याएको खण्डमा पनि अमेरिकाले सोबेरानाको उत्पादनमा सहयोगी भूमिका खेल्ने छैन ।
‘हाम्रो मुख्य सम्पर्क युरोप र क्यानेडासँग भइरहेको छ र हामीसँग इटली र फ्रान्सका मानिस पनि सहभागी छन्’ डाक्टर भेरेजले भने, ‘दूग्र्भाय, अहिलेसम्मको अवस्थामा अमेरिकाको कुनै सहभागिता छैन । हामीलाई आशा छ कि भविष्यमा सहकार्यको नयाँ कदम पनि सम्भव हुनसक्छ ।’ ल्याटिन अमेरिकामा कोरोनाविरुद्धको आफ्नै खोप उत्पादन गर्ने पहिलो मुलुक क्युवा बन्ने अपेक्षा पान अमेरिकन हेल्थ अर्गनाइजेशन (पिएएचओ) लगायत संस्थाहरुको छ ।
‘हामी धेरै आशावादी छौं’ पिएएचओका क्युवा प्रतिनिधि डाक्टर जोस मोयाले भने, ‘सोबेराना २ को पाइलट फेज र प्रयोगात्मक परीक्षणदेखि नै हामीलाई जानकारी दिइएको छ । र, हामीलाई थाहा छ कि क्युवाले गत वर्षको अगस्टदेखि नै धेरै खोपहरुको सम्भाव्यताबारे अध्यनन गरिरहेको छ ।’ १ करोड १३ लाख हराहारीको जनसंख्या रहेको क्युवामा कोरोनाबाट कुल ३९ हजार ४ जना संक्रमित भएकोमा ३३ हजार ७ सय ७६ जना निको भइसकेका छन् । त्यस्तै, २ सय ६९ जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण