म्यानमारको सेनाले सूकीमाथि लगायो फेरि अर्को आरोप, हिरासतको समय लम्बिने संकेत
एजेन्सी । म्यानमारकी अपदस्थ नेतृ आङ सान सूकीको हिरासतको समयावधि बुधबारसम्म बढाइएको छ । योसँगै उनीमाथि नयाँ आरोप पनि लगाइएको छ । म्यानमारका कानुनविदहरुका अनुसार सूकीमाथि लगाइएको नयाँ आरोपअनुसार उनलाई अनिश्चितकालका लागि हिरासतमा लिने सम्भावना बढेको छ । मंगलबार अदालतमा न्यायाधीशहरुसँगको बैठकपछि सूकीका वकिलले भने, ‘सर्वोच्च नेता सूकी माथि प्राकृतिक आपत व्यवस्थापन ऐनको धारा २५ उल्लंघन गरेको आरोप लगाइएको छ ।
यो कोरोना महामारीका बेला लकडाउन तोड्ने व्यक्तिहरुलाई मुद्धा चलाउन प्रयोग गरिन्छ ।’ म्यानमारमा कोरोना प्रोटोकल उल्लंघन गरेमा अधिकतमा तीन वर्षको सजायको प्रावधान रहेको छ । तर त्यहाँ अहिले सेनाले सजाय संहितामा परिवर्तन गरेको छ । सजाय संहितामा परिवर्तन गरिसकेपछि पुलिसले कसैलाई पनि अदालतको अनुमति बिना अनिश्चितकालम्म हिरासतमा लिन सक्छ ।
यसअघि नेतृ सूकीलाई गैरकानुनी रुपमा वाकीटकी राखेको आरोप लगाइएको थियो । केही हप्ताअघि त्यहाँको सेनाले कू गरेलगत्तै नेतृ सुकी नजरबन्दमा रहेकी छिन् भने अन्य थुप्रै नेता कार्यकर्ताहरुलाई पनि नियन्त्रणमा लिइएको छ । त्यस्तै आइतबार र सोमबार फेरि त्यहाँ इन्टरनेटमाथि प्रतिबन्ध लगाइएको छ । म्यानमारमा पछिल्ला दिन सैनिक ‘कु’ विरुद्ध प्रदर्शन जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण