रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दो
एजेन्सी । रुसमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
अघिल्लो दिन सोही अवधिमा सङ्क्रमितको सङ्ख्या १३ हजार २३३ रहेकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट ४१ लाख १२ हजार १५१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ८१ हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमित भएर पनि ३६ लाख ४२ हजार ५८२ जना सङ्क्रमणमुक्त भएका छन् । राजधानी मस्कोमा मात्रै पछिल्लो २४ घण्टामा एक हजार २८२ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिन एक हजार ४०९ जना सङ्क्रमित भएका थिए । मस्कोमा मात्रै अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या नौ लाख ६० हजार ६८७ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण