‘लाली ओठैमा’ पल र गरिमाको रोमान्स
बिहीबार, ०६ फागुन २०७७, १३ : ००
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशन रहेको भिडियोलाई करण चैसिरको छायाँकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । चन्द्र विनायक फिल्म प्रोडक्सनले निर्माण गरेको भिडियो चपली हाइटका विभिन्न स्थानमा छायाँकन भएको हो । पल र गरिमाको केमेस्ट्री सुहाउदो रहेको भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका हुन् । निर्देशक रमेश थापाले गीतको भावअनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक