बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ पार्टी बनाउँदै त्रिपाठी

ओलीसँग गठबन्धन गर्ने कि एक्लै चुनाव लड्ने ?
शुक्रबार, ०७ फागुन २०७७, १० : १७
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गरी दुई चरणमा मतदान हुने गरी प्रतिनिधिसभा निर्वाचनको घोषणा गरिसकेको अवस्थामा सोही सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कस्तो राजनीतिक कदम चाल्नेछन् भन्नेबारे तराई मधेसमा चासो बढेको छ ।

तराई मधेसमा राम्रो राजनीतिक प्रभाव बनाएका त्रिपाठी यतिबेला दलविहीन अवस्थामा छन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेको चुनाव चिह्नबाट विजयी भएका थिए । त्यस यता उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै आएका छन् । सोही क्रममा ओलीले उनलाई सरकारमा समेत सामेल गरेका छन् । त्रिपाठी अहिले ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।

‘स्वतन्त्र राजनीति समूह’ को नेतृत्व गरिरहेका हृदयेश त्रिपाठीले आगामी निर्वाचनका लागि नयाँ पार्टी बनाउने कि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षमा जाने भन्नेबारे निर्णय लिइसकेका छैनन् ।

तत्कालीन तमलोपासहित अन्य ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेपछि केही कुरामा असहमति जनाउँदै उनी राजपा नेपालबाट अलग भएका थिए ।

सरकारले आगामी वैशाख १७ र २७ मा मतदान हुने गरी प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेको छ । प्रतिनिधिसभा विघटन गरिएको सन्दर्भमा मन्त्री त्रिपाठीले विरोध नजनाएका कारण उनी निर्वाचनको पक्षमा रहेको देखिन्छ । तर उनी कुन दलबाट निर्वाचनमा सहभागी हुन्छन् वा कुन दलसँग गठबन्धन गर्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

राजपा नेपालबाट अलग भएर ‘स्वतन्त्र राजनीतिक समूह’ गठन गरेका उनले सो समूहबाट राजनीतिक गतिविधि बढाएर आफ्नो संगठन पनि विस्तार गरे । तर चुनाव नजिकिइसकेको र निर्वाचन आयोगमा दल दर्ता गरेर तत्काल निर्वाचनमा जान सम्भव नभएपछि उनको समूहले तत्कालीन नेकपा एमालेको सूर्य चिन्हबाट चुनावमा प्रतिस्पर्धा गरेको थियो ।

उक्त समूहका संयोजक त्रिपाठी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट विजयी भए भने सोही समूहका अर्का नेता बृजेशकुमार गुप्ता कपिलवस्तु–२ बाट विजयी भए । सो समूहका अन्य दुई सदस्य सूर्य चुनाव चिन्हमै प्रदेश सभा सदस्यमा विजयी भए ।

सरकारले आगामी वैशाख १७ र २७ मा मतदान हुने गरी प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेको छ । प्रतिनिधिसभा विघटन गरिएको सन्दर्भमा मन्त्री त्रिपाठीले विरोध नजनाएका कारण उनी निर्वाचनको पक्षमा रहेको देखिन्छ । तर उनी कुन दलबाट निर्वाचनमा सहभागी हुन्छन् वा कुन दलसँग गठबन्धन गर्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

सो समूहका अर्का नेता पशुपतिदयाल मिश्र भने नयाँ पार्टी बनाउने आन्तरिक तयारी भइरहेको बताउँछन् । उनले भने, ‘चुनावअघि नै नयाँ पार्टीको घोषणा हुन्छ ।’ चुनाव हुने नहुने निश्चित नभए पनि ढिलो–चाँडो पार्टी बनाउने आफूहरुको तयारी रहेको उनले बताए ।

जानकार स्रोतका अनुसार त्रिपाठीसँग तीनवटा विकल्प छ । पहिलो विकल्पका रुपमा उनले नयाँ पार्टी दर्ता गराउन सक्ने छन् । दोस्रो विकल्पका रुपमा उनले नेकपा (ओली समूह) मा प्रवेश गर्ने सम्भावना पनि देखिन्छ । यी दुवै विकल्प नरोजे उनी तेस्रो विकल्पका रुपमा पहिलाजस्तै ओलीकै पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने । तर उनी निकट नेताहरु त्रिपाठीले नयाँ पार्टी बनाउने या ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भन्ने दुई विकल्पमध्ये कुनै एक रोज्नेछन् ।

यस विषयमा बुझ्नका लागि सो समूहका नेता ईश्वरदयाल मिश्र र बृजेशकुमार गुप्तासँग सम्पर्क गर्दा दुवैले केही बताउन चाहेनन् । नेता मिश्रले यस विषयमा समूहका संयोजक त्रिपाठीसँग नै कुरा गर्न सुझाव दिए भने गुप्ताले आफू यस विषयमा केही पनि नबोल्ने बताए ।

तर सो समूहका अर्का नेता पशुपतिदयाल मिश्र भने नयाँ पार्टी बनाउने आन्तरिक तयारी भइरहेको बताउँछन् । उनले भने, ‘चुनावअघि नै नयाँ पार्टीको घोषणा हुन्छ ।’ चुनाव हुने नहुने निश्चित नभए पनि ढिलो–चाँडो पार्टी बनाउने आफूहरुको तयारी रहेको उनले बताए ।

त्रिपाठीले नयाँ दल गठन गरेमा उनको पार्टीमा जसपा नेपालका अन्य नेताहरु पनि जोडिने सम्भावना छ । समाजवादी पार्टीसँग एकीकरण भएपछि जसपा नेपालका थुप्रै नेता असन्तुष्ट छन् । ती सबैलाई त्रिपाठीले समेट्ने प्रयास गरिरहेको स्रोतले जनायो । यस्तै, तत्कालीन तमलोपाका थुप्रै नेता अहिले पनि त्रिपाठीको सम्पर्कमा छन् । दल गठन भएमा ती सबैले कुनै न कुनै रुपमा स्थान र जिम्मेवारी पाउने भएपछि त्रिपाठीसँग उनीहरुको सहकार्य हुन सक्ने स्रोतको भनाइ छ ।

नयाँ पार्टी बनाए पनि चुनावमा नेकपा (ओली समूह) सँगै तालमेल गर्ने त्रिपाठीको तयारी छ । सुरुदेखि ओलीको साथमा रहेको र अहिले उनले नेतृत्व गरेको सरकारमा आफू सामेल भएकाले त्रिपाठीले ओलीलाई छाड्ने मनस्थिति नबनाएको उनी निकट नेताहरु बताउँछन् । यद्यपि त्रिपाठीले ओली नेतृत्व नेकपामा प्रवेश गर्ने वा आफ्नो राजनीतिक समूहलाई सो पार्टीसँग एकीकरण भने नगर्ने उनी निकट नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप