अभिनयमा फर्किए पुष्पराज
काठमाडौँ । कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी करिब दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक देवेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए ।
गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ को शब्द रहेको गीतको भिडियोमा उनी योगी अवतारमै देखिएका छन् । गीतकार प्रसाईको केही दिन अगाडि ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको थियो । जुन सांगीतिक क्षेत्रमा अहिले चर्चामा रहेको छ । गीतकार प्रसाईका यसअघि प्रेमको कथा, कथा मृत्युको लगायत थुप्रै गीतले चर्चा पाएका थिए ।
प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन छ । गीतको भिडियो पनि बनेको छ । जसमा पुष्पराज पुरुष, उत्तम केसी, बालकलाकार सदुर्श चुडाल, प्रत्युस विमली लगायतको अभिनय देख्न सकिन्छ । चक्र बरालको छायाँकन, विकास दाहालको सम्पादन रहेको भजल गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण