दाङमा ४ वटा बेवारिसे मोटरसाइकल फेला
शनिबार, ०८ फागुन २०७७, १९ : ४८
दाङमा प्रहरीले बेवारिसे अवस्थाका चारवटा मोटरसाइकल फेला पारेको छ ।
विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा कागजपत्र नभएका ती मोटरसाइकल फेला परेको र कागजपत्रसहित ती मोटरसाइकल लिन सम्बन्धित सवारी धनी नआएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।
उनले नियमित गस्तीका क्रममा प्रहरीले लु५१प ४५८८, अन टेष्ट १५० सीसीको पल्सर, लु१८प नम्बरको ९५०४ पल्सर र रा३प ९८५२ नम्बरको मोटरसाइकल फेला पारेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्तासमेत रहेका रिजालले हालसम्म सवारी धनी सम्पर्कमा नआएको जानकारी दिए ।
ती मोटरसाइकल धनीले आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय घोराहीमा सम्पर्क गर्न आए सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण