पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन आग्रह
एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्भाचोभले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो ।
बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ । यसलाई पुटिनले सकारात्मक विकासको रूपमा स्वागत गरेका छन् ।
गोर्भाचोभले इन्टरफ्याक्स समाचार संस्थासँगको कुराकानीमा भने, “एक महिना पहिले बाइडेनले अमेरिकी सत्ताको नेतृत्व गरेपछि फोनवार्ता गरेका दुई नेताले निकट भविष्यमा भेट गरी आणविक हतियारको नियन्त्रण विषयमा कुटनीतिक पहललाई जारी राख्नुपर्छ ।”
“मुख्य कुरा आणविक युद्धबाट जोगिनु हो । यस्तो समस्याबाट जोगिनु पर्ने भएकोले यसलाई एक्लै समाधान गर्न असम्भव छ, भेट्नु जरुरी छ,” सोभियतकालीन नेता गोर्भाचोभले भने ।
“निरस्त्रीकरण प्राप्त गर्ने र सुरक्षालाई सुदृढ पार्ने दृढ इच्छा भएमा धेरै समाधान भेट्न सकिन्छ ।” यस वर्षको शुरूमा ८९–वर्षीय गोर्भाचोबले दुबै पक्षलाई सम्बन्ध सुधार गर्न आग्रह गर्दै रूस र अमेरिकाबीचको अहिलेको अवस्था ‘ठूलो चिन्ताको विषय भएको बताएका थिए ,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण