‘यस्तो माया’मा पल र उषाको प्रेम
शुक्रबार, २१ फागुन २०७७, १० : ४५
काठमाडौंँ ।गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वर रहेको गीत ‘यस्तो माया’ सार्वजनिक गरिएको छ । गीतमा नीशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत रहेको छ ।
प्रेमी–प्रेमिकावीचको अथाहा प्रेम र समर्पण पेस गरेको गीतको भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।
यूवा–यूवती वीचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथा पस्किएको भिडियोमा विधान कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण