आयुषले ल्याए ‘निर्दोष माया’
शनिबार, २२ फागुन २०७७, ११ : ५४
काठमाडौँ । युवा गायक आयुष खतिवडाको गीत ‘निर्दोष माया’ सार्वजनिक भएको छ । रक भर्सन गीतमा विकल खतिवडाको शब्द र गायकै खतिवडाकै संगीत तथा संगीत संयोजन रहेको छ ।
किशोरावस्थाको प्रेम र आकर्षणलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा आयुष खतिवडा र प्रतिभा कटुवालको अभिनय देख्न सकिन्छ ।
भिडियोमा श्रीजन प्रजापतिको छायांकन, अमन महर्जनको सम्पादन तथा निर्देशन रहेको छ ।
१४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण