अनमोल र सुहानाको ‘ए मेरो हजुर–४’ १८ भदौमा
मङ्गलबार, २५ फागुन २०७७, १० : ३७
काठमाडौँ । फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षको १८ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएकी हुन् ।
अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । आशिष अविरल, प्रतीक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।
फिल्मका प्रस्तुतकर्ता सुनिल कुमार थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण