नोबेलमा सुरु भयो खेलकुद उत्सव
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरुले स्पोर्टस फियस्टा अर्थात् खेलकुद उत्सव सुरु गरेका हुन् ।
एक सातासम्म सञ्चालन हुने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत प्रतियोगिता हुनेछन् । नोबेलमा हरेक वर्ष विद्यार्थीहरुले एक सातासम्म विभिन्न खेलकुद गतिविधि गरेर खेलकुद उत्सव मनाउँदै आएका छन् ।
उत्सव समापनका अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमसमेत गर्ने गरिएको छ । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव १६ सय विद्यार्थी अध्ययनरत छन् ।
स्तरीय चिकित्सा शिक्षा अध्ययनका लागि नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुकका विद्यार्थी पनि नोबेलमा आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण