बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा एकैदिन करिब २ हजार संक्रमितको मृत्यु, ७० हजार नयाँ केस भेटिए

बुधबार, २६ फागुन २०७७, १२ : २८
बुधबार, २६ फागुन २०७७

ब्राजिलमा कोरोनाको कहर जारी छ । यहाँ पछिल्लो २४ घण्टामा १९७२ संक्रमितको मृत्यु भएको छ । महामारीले एकैदिन मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो । यसअघि यसै महिना ३ मार्चमा १८४० जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका ७०, ७६४ नयाँ संक्रमित भेटिएका छन् । यो संसारभरी नै सबैभन्दा धैरै हो । अहिलेसम्म कोरोनाले १.१२ मानिसहरु संक्रमित भइसकेका छन् । ९८.४३ संक्रमित निको भइसकेका छन् र १.६४ लाख व्यक्तिको मृत्यु भएको छ ।

ओलम्पिकमा विदेशी दर्शकको प्रवेशमा प्रतिबन्धः

जापानको सरकारले कोरोनाका कारण टोक्यो ओलम्पिक र प्याराओलम्पिकमा विदेशी दर्शकको प्रवेशमा रोक लगाइदिएको छ । समाचार एजेन्सीका अनुसार २५ मार्चमा हुने टर्च रिलेको ओपनिङ सेरेमनीमा दर्शक समावेश हुन अनुमति हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप