ब्राजिलमा एकैदिन करिब २ हजार संक्रमितको मृत्यु, ७० हजार नयाँ केस भेटिए
बुधबार, २६ फागुन २०७७, १२ : २८
ब्राजिलमा कोरोनाको कहर जारी छ । यहाँ पछिल्लो २४ घण्टामा १९७२ संक्रमितको मृत्यु भएको छ । महामारीले एकैदिन मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो । यसअघि यसै महिना ३ मार्चमा १८४० जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका ७०, ७६४ नयाँ संक्रमित भेटिएका छन् । यो संसारभरी नै सबैभन्दा धैरै हो । अहिलेसम्म कोरोनाले १.१२ मानिसहरु संक्रमित भइसकेका छन् । ९८.४३ संक्रमित निको भइसकेका छन् र १.६४ लाख व्यक्तिको मृत्यु भएको छ ।
ओलम्पिकमा विदेशी दर्शकको प्रवेशमा प्रतिबन्धः
जापानको सरकारले कोरोनाका कारण टोक्यो ओलम्पिक र प्याराओलम्पिकमा विदेशी दर्शकको प्रवेशमा रोक लगाइदिएको छ । समाचार एजेन्सीका अनुसार २५ मार्चमा हुने टर्च रिलेको ओपनिङ सेरेमनीमा दर्शक समावेश हुन अनुमति हुने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण