प्रचण्डको गृहकार्य बोकी एमालेमा बसेर राजीनामा नमागौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न चेतावनी दिएका छन् । थापाले प्रधानमन्त्री ओलीले राजीनामा किमार्थ नदिने दाबी गर्दै एमालेमा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुने बताएका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे । वाहियात, यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’ माधव नेपाल समूहप्रति संकेत गर्दै थापाले सके पाँच वर्ष सरकार चलाउन सहयोगी बन्नु, नसके यस्ता निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु उचित हुने बताएका छन् । उनले राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हबिगत भयो र हुँदै जान्छ भनेर प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन्, ‘राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रुपमा बुझ्नु बरु बुद्धिमतापूर्ण हुन्छ ।’ सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले केन्द्रदेखि जिल्लासम्मै आफ्ना कार्यालयहरु स्थापना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण