४ जुलाईमा हामी भाइरसबाट मुक्त भएको उत्सव मनाउन सक्छौंः बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि मानिसहरुले कोभिड–१९ को भ्याक्सिन लगाएको खण्डमा जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा साना सभा गर्न सक्ने बताएका छन् ।
बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो प्राइम टाइम भाषणमा यस्तो कुरा गरेका हुन् ।
बाइडेनले राज्यका सबै वयस्कका लागि १ मे सम्म खोप अभियान सुरु गर्न आदेश दिएका छन् । हालको समयमा उमेर र स्वास्थ्य स्थितिको आधारमा खोपलाई प्राथमिकता दिइएको छ ।
यो बयान कोभिड–१९ लाई महामारी घोषित गरिएको ठिक एक वर्षपछि दिइएको छ ।
उनले भने, ‘यदि हामी एक साथ अघि बढेर खोप लगाउँछौं भने ४ जुलाईसम्म तपाईंका लागि एउटा राम्रो मौका छ । आफ्नो परिवार र साथीभाइलाई भेट्न सक्नुहुन्छ र स्वतन्त्रता दिवस मनाउन सक्नुहुन्छ ।’
‘यसो गर्दा ४ जुलाईमा देशले स्वतन्त्रताको उत्सव मात्रै मनाउने छैन यो दिन हामी भाइरसबाट स्वतन्त्र भएको उत्सव पनि मनाउन पाउनेछौं,’ उनले भने ।
खोप अभियानलाई विस्तार गर्दै भ्याक्सिनेशन सेन्टरको संख्या बढाइँदैछ । अमेरिकामा अब भेटेनरी र दाँतका डाक्टरलाई पनि खोप लगाउन अनुमति दिइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण