४ जुलाईमा हामी भाइरसबाट मुक्त भएको उत्सव मनाउन सक्छौंः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि मानिसहरुले कोभिड–१९ को भ्याक्सिन लगाएको खण्डमा जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा साना सभा गर्न सक्ने बताएका छन् ।
बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो प्राइम टाइम भाषणमा यस्तो कुरा गरेका हुन् ।
बाइडेनले राज्यका सबै वयस्कका लागि १ मे सम्म खोप अभियान सुरु गर्न आदेश दिएका छन् । हालको समयमा उमेर र स्वास्थ्य स्थितिको आधारमा खोपलाई प्राथमिकता दिइएको छ ।
यो बयान कोभिड–१९ लाई महामारी घोषित गरिएको ठिक एक वर्षपछि दिइएको छ ।
उनले भने, ‘यदि हामी एक साथ अघि बढेर खोप लगाउँछौं भने ४ जुलाईसम्म तपाईंका लागि एउटा राम्रो मौका छ । आफ्नो परिवार र साथीभाइलाई भेट्न सक्नुहुन्छ र स्वतन्त्रता दिवस मनाउन सक्नुहुन्छ ।’
‘यसो गर्दा ४ जुलाईमा देशले स्वतन्त्रताको उत्सव मात्रै मनाउने छैन यो दिन हामी भाइरसबाट स्वतन्त्र भएको उत्सव पनि मनाउन पाउनेछौं,’ उनले भने ।
खोप अभियानलाई विस्तार गर्दै भ्याक्सिनेशन सेन्टरको संख्या बढाइँदैछ । अमेरिकामा अब भेटेनरी र दाँतका डाक्टरलाई पनि खोप लगाउन अनुमति दिइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड