बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

के ह्यारी र मेगन धनी छन् ? कसरी गरिरहेछन् आम्दानी ?

शुक्रबार, २८ फागुन २०७७, १० : ४९
शुक्रबार, २८ फागुन २०७७

बेलायती शाही परिवारका राजकुमारी ह्यारीले ओप्रा विन्फ्रेलाई दिएको अन्तरवार्तामा आफूहरुले राजदरबारको वरिष्ठ शाही पद छोडेपछि क्यालिफोर्निया जाँदा परिवारबाट पाउने आर्थिक मद्दत राकिएको जानकारी दिए ।

जनवरी सन् २०२० मा ड्युक र डचेज अफ ससेक्सले आफूहरुले राजदरबारको वरिष्ठ सदस्यको रुपमा काम गर्न बन्द गरेको र आफूलाई आर्थिक रुपमा स्वतन्त्र बनाउने दिशामा काम गर्ने घोषणा गरे ।

नयाँ सम्झौता अनुरुप यी शाही जोडीले आफ्ना पिता राजकुमार चार्ल्सबाट केही समयसम्म आर्थिक सहयोग पाउने मान्यता राखिएको थियो । यद्यपि, यो सहयोग डची कर्नवालमार्फत् दिइने वा कुनै अन्य तरिकाले, यो कुरा स्पष्ट थिएन । डची कर्नवाल सम्पत्ति र वित्तिय लगानीको एउटा ठूलो पोर्टफोलियो हो जसलाई एडवर्ड तृतीयले स्थापित गरेका थिए । ड्युक अफ कर्नवाल यसमार्फत् आफ्नो र आफ्ना सन्तानको आर्थिक रेखदेख गर्न चाहन्थे ।

राजकुमार चार्ल्सको अकाउन्टको डिटेलका अनुसार सन् २०२० मार्चसम्म ड्युक–डचेज अफ ससेक्स र ड्युक–डचेज अफ केम्ब्रिज अर्थात् विलियम र केटको गतिविधिमा ५६ लाख पाउन्ड खर्च गरिसकेका छन् ।

तर राजकुमार ह्यारीले ओप्रा विन्फ्रेसँगको कुराकानीमा शाही परिवारले उनको आर्थिक मद्दत रोकेको जानकारी दिए ।

यद्यपि, उनले पहिला डची अफ कर्नवालमार्फत् आउने गरेको रकमबारे कुरा गरेका हुन् वा होइनन् भनेर स्पष्ट भने छैन ।

मार्च सन् २०२० पछि राजकुमार चार्ल्सको आकाउन्टको जानकारी हाल सार्वजनिक भइसकेको छैन । साथै क्लेयरेन्स हाउसले यसमाथि कुनै प्रकारको टिप्पणी गर्न अस्विकार गरेको छ ।

के ड्युक र डचेज अफ ससेक्स धनी छन् ?

ड्युक र डचेज अफ ससेक्ससँग व्यक्तिगत सम्पत्ति छ ।

राजकुमारी डायनाको मृत्यु हुँदा उनले आफ्ना छोरा विलियम्स र ह्यारीका लागि एक करोढ ३० लाख पाउन्ड छोडेकी थिइन् ।

ओप्राको अन्तरवार्तामा ह्यारीले भने, ‘मैले त्यो पाएँ जुन मेरी आमाले मेरा लागि छोडेर गएकी थिइन्, यदि उहाँ हुनुहुन्थेन भने हामी बेलायत छोडेर क्यालिफोर्निया आउन सक्दैनथ्यौं ।’

आफ्नो करियरका बेला डचेज अफ ससेक्स मेगन मर्केललाई लीगल ड्रामा सुट्सका लागि प्रति एपिसोड ५० हजार डलर दिने गरिन्थ्यो । यसबाहेक उनी एक फेसन ब्लग पनि चलाउँथिन् र एक क्यानेडेली ब्रान्डका लागि आफ्नै फेशन लाइन पनि बनाएकी थिइन् ।

अतिरिक्त आम्दानीको श्रोत के हो ?

ह्यारी र मेगन अब वरिष्ठ शाही सदस्य रहेनन् तसर्थ उनीहरु आफ्नो आम्दानी जुटाउनका लागि स्वतन्त्र छन् ।

शाही जोडीलाई ओप्रो विन्फ्रेलाई दिएको अन्तरवार्ताको बदलामा कुनै भुक्तानी गरिएको छैन । तर अमेरिकामा बसेलगत्तै उनीहरुले नेटफ्लिक्स र स्पोटिफाईसँग सम्झौता गरे । यो सम्झौताको मूल्य लाखौंमा भएको मानिन्छ ।

उनीहरुले आर्चीवेल नामको एउटा संगठनको पनि स्थापना गरेका छन् जुन एक गैर नाफामूलक संस्था हुनुका साथै प्रोडक्सको दुनियाँमा पनि काम गरिरहेको छ ।

दम्पत्तिले निकै छिटोछिटो सम्पत्ति जुटाइरहेको छ भन्ने आरोपबारे ओप्राको प्रश्नमा ह्यारीले भने, ‘नेटफ्लिक्स र स्पोटिफाईसँगको सम्झौता योजना अनुरुप थिएन तर यो आवश्यक भएको थियो ।’

‘मलाई लाग्छ कि मेरो सुरक्षाका लागि भुक्तानी गर्न, आफ्नो परिवारलाई सुरक्षित राख्नका लागि मलाई पर्याप्त धनको आवश्यकता थियो ।’

वरिष्ठ शाही सदस्य हुने बेला कसले गरिदिन्थ्यो खर्च ?

जब यो जोडी वरिष्ठ शाही सदस्यको रुपमा काम गर्दथ्यो तब उनीहरुको ९५ प्रतिशत खर्च राजकुमार चार्ल्सको डची अफ कर्नवालबाट हुने अम्दानीमार्फत् गरिन्थ्यो ।

सन् २०१८–२०१९ मा डची अफ कर्नवालमार्फत् ५० लाख पाउन्डको खर्च ड्युक र डचेज अफ ससेक्स तथा ड्युक र डचेज अफ केम्ब्रिजको सार्वजनिक भ्रमणमाथि खर्च गरियो । योमध्ये केही रकम उनको व्यक्तिगत आवश्यकतामा पनि खर्च गरियो ।

पाँच प्रतिशत खर्च कर दाताहरुको पैसाबाट बनेको सवरेन ग्रान्टमार्फत् गरिन्थ्यो ।

यो रकम शाही परिवारको आधिकारिक कर्तव्यको खर्चका लागि र शाही महलको रेखदेखका लागि गर्ने गरिन्छ ।

यो आर्थिक वर्षमा यो रकम मूल आठ करोड ६९ लाख पाउन्ड छ । यसको भरपाई राजपरिवारको स्वामित्व रहेको कमर्शियल सम्पत्तिमार्फत् गरिन्छ ।

ड्युक र डचेजले सेप्टेम्बरमा उनीहरुले आफ्नो घर फ्रगमोर कटेजको पुनर्निर्माणमा खर्च भएको २४ लाख पाउन्ड फिर्ता गरेको घोषणा गरे ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप