इतिहासमा आजः महान् वैज्ञानिक आइन्स्टाइन जन्मेको दिन
आज १४ मार्च । आजकै दिन १४२ वर्ष अघि सन १८७९ मा जन्मेका थिए महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन । यी सैद्धान्तिक भौतिक वैज्ञानिक (theoretical physicist) नभएको भए विज्ञान त हुन्थ्यो तर त्यसको स्वरुप, त्यसको उँचाइ के कस्तो हुन्थ्यो, हामी त्यसको अनुमान लाउन सक्दैनौँ ।
१८ अप्रिल, १९५५ मा यस जगतबाट बिदा हुनुपूर्व विज्ञानका क्षेत्रमा उनले गरेका तमाम अध्ययन, अनुसन्धान, खोजले उनलाई विज्ञानका विभिन्न शाखामा कहिल्यै विस्मृत नहुने गरी स्थापित बनाइसकेको थियो । विज्ञान जगतका अनेकौँ खोज उनको मृत्यु पश्चात् भए । तर तीमध्ये धेरै खोज उनले प्रस्तुत गरेका सिद्धान्तमाथि टेकेर भए।
‘म प्रतिदिन यस कुराको प्रत्यक्ष अनुभव गर्छु, मेरो भित्री र बाहिरी जीवनको निर्माणमा अनगिन्ती मानिसका हात र मस्तिष्कको भूमिका एवम् सहयोग रहेको छ । यस अनुभूतिको उद्दीपनले मेरो अन्तःकरण सधैँ नै मलाई घचेटी रहेको हुन्छ । म कम्तिमा समाज र विश्वलाई यति त दिन सकौँ जति मैले यसबाट लिएको छ,’ आइन्स्टानको यो महावाणी अझै सान्दर्भिक छ । हामी सबैले आइन्स्टाइनको यस महावाणीलाई आत्मसात गर्न सके हाम्रो आफ्नो जीवन परिवर्तित हुनुका साथै शायद विश्व नै हामीले कल्पना गरेजस्तै सुन्दर शान्तभूमि बन्ने थियो ।
'Imagination is more important than knowledge. Knowledge is limited. Imagination encircles the world.'
‘कल्पना ज्ञान विज्ञानभन्दा पनि महत्त्वपूर्ण छ । ज्ञानको सधैँ सीमाना हुन्छ । कल्पना अनन्त ब्रह्माण्डको ढोका उघारी रहेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण