काबुलमा बम विस्फोट, पाँच महिला र एक बालकको मृत्यु
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवश पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताएका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी यस बम आक्रमणको तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् । यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए ।
यस आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य छ जना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले एएफपीलाई बताएका छन् । गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोटमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।
अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ । हालका केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ । अफगानिस्तानका सर्वसाधारणलाई जानाजानी लक्षित गरी हमला गर्ने डरलाग्दो संख्याका गत साता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले संसदीय दलको बैठक सुरु
-
आज साँझदेखि कैलालीका सीमा नाका बन्द हुने
-
‘मलाई भाइरल भएर एकछिन चर्चा कमाउनु छैन’
-
९८ लाखसहित पक्राउ परेका युवक साढे ११ किलो सुन तस्करीमा संलग्न
-
पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन: पर्यटन मन्त्री तामाङ
-
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री