शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलाञ्चलमा विधिवत् होली शुरु

आइतबार, ०८ चैत २०७७, १४ : १२
आइतबार, ०८ चैत २०७७

धनुषा । मिथिलाञ्चलमा आजदेखि विधिवत् रुपमा होली शुरुआत भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कंचनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकआपसमा रङ र अबिरले होली खेलाइएपछि  परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको शुरु भएको हो ।

होली पर्वको शुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग शुरु भएको छ । परापूर्वकालमा भगवान रामचन्द्र र माता जानकी बनवास गएको दिनमा महोत्तरीको कंचनवनमा होली पर्व मनाएका बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ ।

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाएका छन् ।
धनुषाको हनुमानगढीमा अघिल्लो शनिबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमामा यात्री जम्मा भई आजदेखि भारतको कलाणेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

महोत्तरीको कंचनवनमा सातौँ दिनको बासा त्याग गरेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौँ दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप