दीपिका पादुकोणले ‘चिटर’ भन्दा रणबीर कपुरले भनेका थिए, ‘म कमिटमेन्ट फोबिक होइन’
बलिउड नायक रणबीर कपुर आजकाल आलिया भट्टसँगको सम्बन्धका कारण चर्चामा छन् तर एक समय यस्तो थियो जब उनको र दीपिका पादुकोणको लभ अफेयर ठूलै चर्चाको विषय बन्ने गर्दथ्यो ।
रणबीर–दीपिका इन्डष्ट्रिमा नयाँ भएका बेला एक–अर्काको प्रेममा थिए । उनीहरुले एकै समयमा बलिउड डेब्यू गरेका थिए । फिल्म बचना ए हसिनोंका बेला दुईजना नजिक आए तर उनीहरुको ब्रेकअप भयो ।
ब्रेकअपपछि दीपिकाले रणबीरमाथि सार्वजनिक रुपमा विभिन्न आरोप लगाएकी थिइन् । उनले रणबीरलाई चिटरसमेत भनेकी थिइन् । त्यसपछि रणबीरले पनि एक अन्तरवार्तामा दीपिकासँगको ब्रेकअपलाई इशारा इशारामा नै थुप्रै कुरा भनिदिए ।
रणबीरले दीपिकासँगको ब्रेकअपपछि उनी आफ्ना आमा–बुवासँग पनि टाण भएको खुलासा गरेका थिए । ब्रेकअपपछि मिडियामा उनीविरुद्ध निकै होहल्ला मच्चिएकोले यस्तो भएको उनले बताए ।
रणबीरले भनेका थिए, ‘हो म एक नायिकासँगको प्रेम सम्बन्धमा थिएँ जसले मबारे धेरै कुरा भनेकी छिन् । मैले यो क्षेत्रमा कदम मात्रै राखेको थिएँ र यी ग्ल्यामरस नायिकासँग काम गरिरहेको थिएँ । म उनीहरुसँग मित्रवत् थिए ।’
रणबीरले थपे, ‘ती नायिकासँग मेरो सम्बन्ध टिक्न सकेन र हामी अलग्गियौं । म ती व्यक्तिसँग जीवनमा अघि नै बढेँ । उनले मेरो विकासमा निकै योगदान दिएकी छिन् । म उनीसँगको अनुभवलाई याद राख्नेछु किनभने मैले उनीबाट जीवन र प्रतिबद्धताका थुप्रै अर्थ बुझेँ तर म कमिटमेन्ट फोबिक होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण