दीपिका पादुकोणले ‘चिटर’ भन्दा रणबीर कपुरले भनेका थिए, ‘म कमिटमेन्ट फोबिक होइन’
बलिउड नायक रणबीर कपुर आजकाल आलिया भट्टसँगको सम्बन्धका कारण चर्चामा छन् तर एक समय यस्तो थियो जब उनको र दीपिका पादुकोणको लभ अफेयर ठूलै चर्चाको विषय बन्ने गर्दथ्यो ।
रणबीर–दीपिका इन्डष्ट्रिमा नयाँ भएका बेला एक–अर्काको प्रेममा थिए । उनीहरुले एकै समयमा बलिउड डेब्यू गरेका थिए । फिल्म बचना ए हसिनोंका बेला दुईजना नजिक आए तर उनीहरुको ब्रेकअप भयो ।
ब्रेकअपपछि दीपिकाले रणबीरमाथि सार्वजनिक रुपमा विभिन्न आरोप लगाएकी थिइन् । उनले रणबीरलाई चिटरसमेत भनेकी थिइन् । त्यसपछि रणबीरले पनि एक अन्तरवार्तामा दीपिकासँगको ब्रेकअपलाई इशारा इशारामा नै थुप्रै कुरा भनिदिए ।
रणबीरले दीपिकासँगको ब्रेकअपपछि उनी आफ्ना आमा–बुवासँग पनि टाण भएको खुलासा गरेका थिए । ब्रेकअपपछि मिडियामा उनीविरुद्ध निकै होहल्ला मच्चिएकोले यस्तो भएको उनले बताए ।
रणबीरले भनेका थिए, ‘हो म एक नायिकासँगको प्रेम सम्बन्धमा थिएँ जसले मबारे धेरै कुरा भनेकी छिन् । मैले यो क्षेत्रमा कदम मात्रै राखेको थिएँ र यी ग्ल्यामरस नायिकासँग काम गरिरहेको थिएँ । म उनीहरुसँग मित्रवत् थिए ।’
रणबीरले थपे, ‘ती नायिकासँग मेरो सम्बन्ध टिक्न सकेन र हामी अलग्गियौं । म ती व्यक्तिसँग जीवनमा अघि नै बढेँ । उनले मेरो विकासमा निकै योगदान दिएकी छिन् । म उनीसँगको अनुभवलाई याद राख्नेछु किनभने मैले उनीबाट जीवन र प्रतिबद्धताका थुप्रै अर्थ बुझेँ तर म कमिटमेन्ट फोबिक होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित