नेपाल बैङ्कको २०५ औँ शाखा नारायण नगरपालिकामा
नेपाल बैङ्क लिमिटेडले आफ्नो २०५ औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । बुधवार नेपाल बैङ्क लिमिटेड संचालक समितिका अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी मरासिनीले दैलेख जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैङ्क लिमिटेड आएकोले यसले दैलेखबासीलाई समृद्ध बनाउन भूमिका खेल्ने धारणा राखेका थिए । नगर प्रमुख रत्नबहादुर खड्काले विगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैङ्क लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारण राखे । नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैङ्कको विशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरी बैङ्कसँग साझेदारी गर्न ग्राहकवर्गलाई अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण