अस्पताल समयमा पुग्न नसकेकी बेलायतकी महारानीकी नातिनीले बाथरुममा जन्माइन् छोरा
बेलायतकी महारानी क्विन एलिजाबेथ II की नातिनी टिन्डलले आइतबार छोरालाई जन्म दिएकी छिन् । जारा समयमा नै अस्पताल पुग्न सकिनन् र बाथरुममा नै छोरा जन्माएकी छिन् । बच्चाको नाम लुकास फिलिप टिन्डल राखिएको छ । जारा टिन्डल ९४ वर्षीया महारानी एलिजाबेथकी छोरी राजकुमारी ऐन र बेलायतका पूर्व रग्बी खिलाडी माइक टिन्डलकी छोरी हुन् ।
१० औं पनाती भेट्न महारानी प्रतीक्षामा:
बकिङ्घम दरबारका प्रवक्ताले महारानी र ड्युक अफ एडिनबर्ग बच्चाको जन्मको खबर खुसी भएको र उनी आफ्ना १० औं पनाती भेट्ने प्रतीक्षामा भएको बताएका छन् ।
उत्तराधिकारीको लाइनमा २२ औं हुन् लुकासः
शाही परिवारका नयाँ पाहुना लुकास फिलिप टिन्डलको बीचको नाम उनकी आमा जाराका हजुरबुवा राजकुमार फिलिप र माइकका आफ्ना पिताको नाममा राखिएको हो । लुकास, बेलायतका सिंहासनका उत्तराधिकारीको लाइनमा २२ औं नम्बरमा छन् । उनी जारा टिन्डलका तेस्रो सन्तान हुन् । लुकासका दुई दिदी मिया र लिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण