बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अस्पताल समयमा पुग्न नसकेकी बेलायतकी महारानीकी नातिनीले बाथरुममा जन्माइन् छोरा

बिहीबार, १२ चैत २०७७, १६ : ११
बिहीबार, १२ चैत २०७७

बेलायतकी महारानी क्विन एलिजाबेथ II की नातिनी टिन्डलले आइतबार छोरालाई जन्म दिएकी छिन् । जारा समयमा नै अस्पताल पुग्न सकिनन् र बाथरुममा नै छोरा जन्माएकी छिन् । बच्चाको नाम लुकास फिलिप टिन्डल राखिएको छ । जारा टिन्डल ९४ वर्षीया महारानी एलिजाबेथकी छोरी राजकुमारी ऐन र बेलायतका पूर्व रग्बी खिलाडी माइक टिन्डलकी छोरी हुन् ।

१० औं पनाती भेट्न महारानी प्रतीक्षामा:

बकिङ्घम दरबारका प्रवक्ताले महारानी र ड्युक अफ एडिनबर्ग बच्चाको जन्मको खबर खुसी भएको र उनी आफ्ना १० औं पनाती भेट्ने प्रतीक्षामा भएको बताएका छन् ।

उत्तराधिकारीको लाइनमा २२ औं हुन् लुकासः

शाही परिवारका नयाँ पाहुना लुकास फिलिप टिन्डलको बीचको नाम उनकी आमा जाराका हजुरबुवा राजकुमार फिलिप र माइकका आफ्ना पिताको नाममा राखिएको हो । लुकास, बेलायतका सिंहासनका उत्तराधिकारीको लाइनमा २२ औं नम्बरमा छन् । उनी जारा टिन्डलका तेस्रो सन्तान हुन् । लुकासका दुई दिदी मिया र लिन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप