अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दुई महिलालाई गरिन् फोन, विशेष भन्दै नासाले गर्यो प्रचार
अमेरिकी उपराष्ट्रपति कमला ह्यअरिसले एउटा विशेष फोनवार्ता गरेकी छिन्। उनले यो फोन कल दुई अमेरिकी महिलालाई गरेकी हुन। शैनोन वाकर तथा केट रोबिन्स नामक अमेरिकी महिलाद्वयसँग कमलाले गरेको कुराकानीको प्रचार अहिले सुविख्यात अमेरिकी अन्तरिक्ष संस्था नासाले गरिरहेको छ ।
पाठकहरुलाई जिज्ञासा होला, अमेरिकी उपराष्ट्रपतिले अमेरिकी महिलालाई गरेको फोनवार्तालाई विशेष किन भनिएको हो ? किन नासा स्वयंले यस कुराको प्रचार गरिरहेको छ ?
अमेरिकी उपराष्ट्रपतिले यी दुई महिलालाई फोन गर्दा यी दुई महिला पृथ्वीबाट झण्डै ४०० किमी माथि अन्तरिक्षमा सयर गरिरहेका थिए। कमला ह्यारिस भने अमेरिकाको आफ्नो कार्यालय ह्वाइट हाउसमा थिइन् । कमलाले भिडियो कलको प्रारम्भमै प्रसन्न मुद्रामा हात हल्लाउँदै भन्छिन्, ‘ग्रिटिङ्ग्स फ्रम द ह्वाइट हाउस, ह्विच इज ह्वेयर आइ एम राइट नाउ ।’
प्रत्युत्तरमा पृथ्वीदेखि ४०० किमी माथि रहेका महिलाद्वयले आफूहरुले गरिरहेको कामबारे उप राष्ट्रपतिलाई जानकारी गराउँछन्।
शैनोन वाकर १५ नोवेम्बर २०२० का दिन पृथ्वी छाडी अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेशन (ISS) मा गएकी थिइन् ।
केट रबिन्सन भने दोस्रो पटक अन्तरिक्षमा रहेको स्पेस स्टेशनमा गएकी हुन्। यस अघि सन् २०१६ मा उनी त्यहाँ पुगेकी थिइन्। कमला ह्यारिस र यी दुई अन्तरिक्ष यात्रीबीच भएको कुराकानीको भिडियो यहाँ हेर्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण