यसरी मनाए कलाकारहरुले होली, २४ तस्बिरमा हेर्नुहोस्
काठमाडौं । फागु अर्थात होली भन्ने बित्तिकै रङको बर्षा गर्ने दिन भनेर बुझिन्छ । होली हिन्दूहरूको प्रमुख चाडमध्ये एक हो । त्रेता युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएकी थिइन् । सोही खुसीको उपलक्ष्यमा त्यही दिनदेखि होलीका पर्व मनाउन थालिएको मानिन्छ ।
होली रङहरुको चाड हो । होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रंगिन बनाउँछन् । हाम्रो समाजमा साना नानीदेखि बृद्ध बृद्धासम्मले होली खेलेको देख्न सकिन्छ । विगतका वर्षहरुमा हाम्रा कलाकारहरु पनि विभिन्न कार्यक्रम र सार्वजनिक ठाउँमा भेल भएर होली खेल्ने गदर्थे ।

कोरोनाका कारण यो वर्षको होलीमा त्यति रौनक पूर्ण छैन । किनभने आफन्त वा सिमित व्यक्ति माझा होली मनाउनुपर्ने बाध्यता छ । तैपनि कलाकारले आजको दिन आफ्नै तवरले रङसँग खेल्दै होली सेलिब्रेसन गरिरहेका छन् । अधिकांश कलाकारले आफ्नो सामाजिक सञ्जालमार्फत होलीका तस्बिर समेत शेयर गरेका छन् ।
शेयर गरिएको तस्बिरमध्ये केही कलाकारले अघिल्लो वर्षहरूको तस्बिर शेयर गर्दै होलीको सम्झना गरेका छन् भने केही अहिलेकै तस्बिर शेयर गरेर होलीको खुसी साटेका छन् । हेरौं कलाकारको सामाजिक सञ्जालबाट संकलन गरिएको होली तस्बिर ।
तस्बिरः सम्बन्धित कलाकारको फेसबुकबाट






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण