महोत्तरीमा घाँस काट्न गएका ५ किशोरीसहित ७ जना सम्पर्कविहिन

जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी तनावमा परेका छन् ।
सम्पर्कविहीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् । उनीहरु सम्पर्कविहीन भएको भङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए ।
उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली खटिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह