महोत्तरीमा घाँस काट्न गएका ५ किशोरीसहित ७ जना सम्पर्कविहिन
जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी तनावमा परेका छन् ।
सम्पर्कविहीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् । उनीहरु सम्पर्कविहीन भएको भङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए ।
उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली खटिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण