ताइवानमा चार दशक यताकै भयानक रेल दुर्घटनाः ३६ जनाको मृत्यु
ताइवानमा ३५० यात्री बोकेको रेल सुरुङभित्र दुर्घटनाग्रस्त भएको छ । ट्रकलाई ठक्कर दिएपछि भएको उक्त दुर्घटनामा ३६ जनाको मृत्यु भएको र ७२ जना घाइते भएको रोयटर्सले जानकारी दिएको छ । यसलाई पछिल्लो चार दशक यताकै भयानक दुर्घटना बताइएको छ ।
ताइवानको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्रले सुरुङभित्र असाध्यै क्षतीग्रस्त अवस्थामा रहेको रेलसम्म पुग्न उद्दारकर्तालाई निकै कठिन भइरहेको जानकारी दिएको छ ।
स्थानीय यातायात मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले दुर्घटनामा ७२ जना घाइते भएको जानकारी दिएको छ ।
‘दुर्घटना आज बिहान ह्वालियनको सुरुङभित्र भएको हो,’ ताइवानकी राष्ट्रपति साइ इंग–वेनले भनिन् ।
‘बिरामी र घाइतेका लागि आपतकालीन व्यवस्था लागू गरिएको छ । हालका लागि रेलभित्र च्यापिएकाको उद्धार गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’
रोयटर्सले दमकल विभागलाई उद्धृत गर्दै सयजनालाई निकालिसकिएको जानकारी दिएको छ ।
यसअघि सन् २०१८ मा उत्तरपूर्वी ताइवानमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यस्तै उत्तरी ताइवानमा सन् १९८१ मा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण