अष्ट्रेलियाः जब अक्टोपसले वैज्ञानिकलाई थप्पडमाथि थप्पड बर्सायो
एक रिसाहा अक्टोपसले पौडी खेल्न समुद्रको तटमा पुगेका एक भू–वैज्ञानिकलाई कुटेको खबर छ ।
यो खबरमाथि धेरैलाई विश्वास नलाग्न सक्छ तर यो एक वास्तविक घटना हो । घटना पश्चिमी अष्ट्रेलियाको हो जहाँ लान्स कार्लसन नामका भू–वैज्ञानिकमाथि एक रिसाहा अक्टोपसले अचानक हमला गरेको छ ।
सोसल मिडियामा यसलाई ‘सबैभन्दा रिसाहा’ अक्टोपस बताइएको छ ।
लान्सका अनुसार पश्चिमी अष्ट्रेलियाको एउटा तटमा उनी पौडी खेल्न गएका थिए । त्यति नै बेला एउटा अक्टोपस आएर अचानक उनीमाथि हमला गर्न सुरु गर्यो ।
उनका अनुसार सुरुमा अक्टोपसले गर्दन र काँधको पछाडिको हिस्सामा हमला गर्यो त्यसपछि उसले लान्सको पिछा गरेर उनको एउटा हातमा चोर पुर्यायो ।
घाउमा कोल्ड ड्रिङ्क्स हालेः
लान्सका अनुसार यो हमलापछि उनको शरीरको थुप्रै ठाउँमा चोट लाग्यो । ती घाउमा निकै जलन भइरहेको थियो त्यसैले उनले त्यसमा कोल्ड ड्रिङ्क्स हालिदिए ।
लान्स कार्लसन एक व्यावसायिक भू–वैज्ञानिक हुन् । उनी लाइफ गार्डसमेत भइसकेका छन् ।
उनले अष्ट्रेलियाको एउटा स्थानीय समाचार च्यानललाई दिएको अन्तरवार्तामा समुद्री जीवले बनाएको चोटमा हुन त भेनेगर लगाउनुपर्छ । तर त्यतिबेला मसँग भेनेगर नभएर मैले कोल्ड ड्रिङ्क्सले काम चलाउनु पर्यो ।
उनका अनुसार यस्ता चोटमा धेरैजसो एसेडिक द्रव्यले काम गर्छ र यसमा कोल्ड ड्रिङ्क्सको प्रयोगले मैले राहत पाएँ ।
अक्टोपसले हमला गर्दा अचम्मित भए वैज्ञानिकः
घटनाबारे लान्सले मिडियालाई भने, ‘तट नजिकै एउटा रिसोर्टमा म र मेरो परिवार बसेका थियौं । मैले त्यतिबेला समुद्रमा केही बेर पौडी खेल्छु । त्यतिबेला मैले केही चिजले माछालाई पिछा गरिरहेको देखेँ ।’
‘मलाई लाग्यो त्यो एउटा स्टिंग्रे हो जसले सिगलमाथि हमला गरिरहेको छ । तर नजिकै जाँदा मलाई थाहा भयो कि त्यो एउटा अक्टोपस हो । त्यतिबेला मसँग मेरी दुई वर्षकी छोरी पनि थिइन् । म उसको भिडियो बनाइरहेको थिएँ, त्यति नै बेला अचानक उसले ममाथि हमला गर्यो ।’
समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा लान्सले भने, ‘त्यो अक्टोपस निकै तीब्र गतिमा हामी भएठाउँ आयो, त्यो देखेर म अचम्मित भएँ ।’
उनका अनुसार अक्टोपसले जब उनलाई पुनः देख्यो तब उसले पुनः उनीमाथि हमला गर्यो ।
लान्सले भने, ‘जब अक्टोपसले हमला गर्यो तब मेरो चश्मा धमिलो भएको थियो । पानी अचानक निकै फोहोर भयो र मलाई याद छ कि म अचम्मित र भ्रमित थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण