कविताः म चन्द्रमा
-हर्कबहादुर लामगादे ‘रोहित’
कति गीत गाउँछौ मेरो
कति गुणगान गर्छौ मेरो
मेरो रूपको वर्णन गर्दै
कलाकार, गजलकार, कवि अनि
प्रेमीले पनि प्रेमिका मेरो रूपमा हेरे ।
मेरो उपस्थितिलाई शीतलता भन्छौ
खिन्न, रूष्ट हुँदा पनि
पूर्णिमाको रातमा,
सबै हाँसेर सहन्छौ
मेरो रूपमा खोट भेट्ता पनि
रूपवानको संज्ञा मलाई दिन्छौ ।
नानीलाई फकाउन
मेरो सहारा लिन्छौ
म करोडौँ कोस टाढा हुँदा पनि
मेरै प्रशंसा गरेर
यो उजाड भूमि,
म चन्द्रमालाई फुक्र्याइदिन्छौँ ।
समीप आएर हेर त
म बाँझो छु
अजाड छु
यहाँ न तरल जल छ
न केही उज्यालो बन्नलाई
मलिलो मल छ
मेरो त उज्यालोपन पनि
सूर्यको ऋण हो
पूर्णिमाको शीतलता पनि
मौसमको चक्रले हो
म, न कसैको मामा हुँ
न रूपवान हुँ ।
म असहज छु
सबैको सम्मानले ।
म चन्द्रमा त
मात्र गीतको बोल हुँ
कविताको विषय हुँ
टाढाबाट हेर्दा,
उज्यालो मनोरम दृश्य
मोहनी लाग्ने स्वरूप
झाँकेर हेर्दा खण्डहर–कुरूप ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण