चोरलाई मनपरेन सामसङ फोनः खोसेको एकछिन पछि फिर्ता गर्दै भने, ‘वान प्लस भन्ठानेको थिएँ’
सार्वजनिक स्थलमा फोन चोरी भएको वा खोसेर भागेको कुरा धेरैजसो सुन्न पाइन्छ । कति त यस्तो स्थितिमा पर्नुभएको पनि होला ।
हालै एक ट्वीटर प्रयोगकर्ताले यस्तो घटनाबारे बताएका छन् जुन सुनेर मानिसहरु अचम्मित भए । वास्तवमा फोन खोसेको केही बेरपछि चोरले फोन फिर्ता दिए किनभने फोनको मोडल वान प्लस नाइन प्रो थिएन ।
यो अचम्मको स्थितिको शिकार भएको ट्वीटर प्रयोगकर्ता देबायान रोयले यो विषयमा पोस्ट पनि सेयर गरेका छन् । पोस्टमा उनले दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला कालो मास्क लगाएका एक व्यक्ति उनको फोन खोसेर भागे ।
यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए । केही बेरपछि जब उनलाई सेन्स आयो तब उनी चोरको पछाडि भागे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन् ।
जब उनी चोरको पछाडि दौडिरहेका थिए तब चोर भाग्नुको साटो पछाडि फर्किएर उनी भएठाउँ नै दौडिएर आए । देबायनको अगाडि आएर उनले भने, ‘मलाई लाग्यो वान प्लस ९ प्रो मोडल हो ।’ यति भनेर उनले फोन भुइँमा राखे र त्यसपछि पुनः भागे ।
देबायनले आफ्नो फोन सामसङ ग्यालेक्सी एसटेन प्लस भएको बताए । यसमाथि थुप्रै ट्वीटर प्रयोगकर्ताले कमेन्ट गर्न थाले । कोही यो घटनाले चकित भए भने कतिले सामसङको खिल्ली उडाउन थाले । कतिले चोरलाई पनि राम्रो फोन के हो भनेर थाहा भएको भनेर रमाइलो गर्न थाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण