पहिलो पटक तीन लिङ्गका साथ जन्मियाे बच्चा, विज्ञानका लागि चुनौती
इराकमा एउटा बच्चा तीनवटा लिङ्गका साथ जन्मिए । यो सामान्य मानिसको लागि मात्र नभएर चिकित्सा विज्ञान तथा विज्ञका लागिसमेत आश्चर्य बनाउने घटना बन्यो ।
यसको पछाडिको कारण विज्ञानलाई थाहा छैन । यस अवस्थालाई 'सुपरन्युमरेरी पेनिस' (Supernumerary penises ) भनिन्छ । अहिलेसम्म संसारभरमा एकसय द्वीलिङ्गी अर्थात् डिफालिया (Diphallia ) को केस आएका छन् । तर, यो तीन लिङ्ग ( Triphallia ) वाला केस भने पहिलो पटक सार्वजनिक भएको हो ।
यसलाई हालसम्म संसारकै पहिलो तथा दुर्लभ घटना मानिएको छ । यसअघि द्वीलिगी बच्चा जन्मिएका समाचार मात्रै आएका थिए । तर, यसको कारणको बारेमा भने अहिलेसम्म पनि पत्ता लागेको छैन ।
अहिलेको यो जन्मिएको त्रिलिङ्गी बच्चाले वैज्ञानिकका अगाडि गम्भिर तथा नयाँ चुनौती खडा गरिदिएका छन् ।
इराकको मोसुल शहर नजिकै दोहुकमा जन्मिएको यस बच्चाका दुइवटा लिङ्ग शलयक्रिया गरी फालिएका छन् । विज्ञका अनुसार ६० लाख बच्चामध्ये एक बच्चा एकभन्दा बढी लिङ्गका साथ जन्मिन सक्छ ।
हालसम्म संसारभरी झण्डै एक सय द्वीलिङ्गी केस थाहा भएका छन् । इन्टरनेशनल जर्नल अफ सर्जरीको केस रिपोर्टका अनुसार त्रिलिङ्गी केस भने पहिलो पटक भेटिएको हो ।
आधुनिक चिकित्सा विज्ञानका अनुसार यो एउटा अति दुर्लभ रोग हो जुन ३ देखि १५ साताको भ्रुणमा हुने गर्छ ।
यस्तो पहिलो केस १६०० को दशकमा भेटिएको बताइएको छ । यसमा स्क्रोटम वा एनस पनि एकभन्दा बढी हुनसक्छन् । कैयौं पटक लिङ्ग अविकसित पनि हुन सक्छन् । हालसम्म भेटिएका केसहरु एक आपसमा अलग देखिएका छन् । यसकारण यसलाई एक दुर्लभ अवस्था भएकोसमेत बताइन्छ ।
यो घटनाको पछाडिको कारण स्पष्ट नभए पनि नशालु पदार्थको सेवन यसको कारण हुनसक्ने अनुमान गरिएको छ । यसबाहेक सङ्क्रमणका कारण पनि यस्तो हुनसक्छ । रिपोर्ट जेनेटिक संरचनामा हुने परिवर्तनका कारण पनि यस्तो हुनसक्ने बताइएको छ ।
यसका कारण बिरामीमा ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याक्ट, स्केलेटल वा पेल्भिक हड्डीदेखि हृदयघातको समस्याको सामना पनि गर्नुपर्ने सम्भावना छ । सामान्यतया, यी सबै अंगले सामान्य तरिकाले काम गर्ने गर्छन् । तर, यी इराकी बच्चामा भने यो अवस्था थिएन । यसकारण यसलाई सहजै शल्यक्रियाद्वारा काटेर फालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण