लिलमाथि पीएसजीको दबाब कायम
आइतबार, २९ चैत २०७७, १० : १२
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गलाई पराजित गर्दै लिग वानमा शीर्ष स्थानमा रहेको लिलमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४–१ ले हराएको हो ।
खेलको १६ औँ मिनेटमा किलियान एम्बाप्पले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पाबलो साराबिया र मोइस किनले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफमा डिओन मोइसले स्ट्रासबर्गका लागि एक गोल फर्काए पनि लियान्ड्रो पारेडेसले अर्को गोल थप्दै पीएसजीको जीत सुनिश्चित गरे ।
शुक्रबार लिलले मर्टजलाई हराउँदै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम राखेको छ । अब पीएसजीले मंगलबार च्याम्पियन्स लिगमा साबिक विजेता बायर्न म्युनिखको आतिथ्य गर्नेछ । पहिलो लेगमा पीएसजीले ३–२ को जीत हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य
-
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
-
पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी
-
घट्यो ब्रोकर कमिसन : १ करोड रुपैयाँमाथिको कारोबारमा अब ०.२४ प्रतिशत मात्र लिन पाइने
-
अर्थमन्त्री पुनले गरे आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया
-
भारतले विस्फोटक पदार्थ रोक्दा जलविद्युत आयोजनाको निर्माण रोकियो