लिलमाथि पीएसजीको दबाब कायम
आइतबार, २९ चैत २०७७, १० : १२
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गलाई पराजित गर्दै लिग वानमा शीर्ष स्थानमा रहेको लिलमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४–१ ले हराएको हो ।
खेलको १६ औँ मिनेटमा किलियान एम्बाप्पले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पाबलो साराबिया र मोइस किनले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफमा डिओन मोइसले स्ट्रासबर्गका लागि एक गोल फर्काए पनि लियान्ड्रो पारेडेसले अर्को गोल थप्दै पीएसजीको जीत सुनिश्चित गरे ।
शुक्रबार लिलले मर्टजलाई हराउँदै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम राखेको छ । अब पीएसजीले मंगलबार च्याम्पियन्स लिगमा साबिक विजेता बायर्न म्युनिखको आतिथ्य गर्नेछ । पहिलो लेगमा पीएसजीले ३–२ को जीत हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण