एउटा त्यस्तो मेला, जहाँ अर्काकी श्रीमती खोस्न पाइन्छ
संसारमा विविध भाषा र संस्कृतिका मानिस छन् र उनीहरुका आफ्नै परम्पराहरू छन् । आज हामी त्यस्तो परम्पराबारे चर्चा गर्दैछौं, जसअन्तर्गत पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजान पाउँछन् । र, समाजले त्यसलाई वैध ठहर गरेपछि विवाह गर्छन् ।
पश्चिमी अफ्रिकाको बोदाब्बे जनजाति समुदायका मानिसहरुले अर्काकी श्रीमती खोसेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् । यो परम्परा उनीहरुको पहिचानसँग जोडिएको छ ।
परम्पराअनुसार युवतीको पहिलो विवाह घरका मानिसहरुले इच्छाअनुसार हुन्छ । तर, दोस्रो विवाहका लागि पहिले उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ । यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।
यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् । अर्थात्, पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् ।
त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण