अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह
आइतबार, २९ चैत २०७७, २२ : ५३
एजेन्सी । अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रुसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रुसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भने, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रुसले ब्यहोर्नुपर्नेछ ।
उनले भने, ‘मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो । “अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यदि रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
-
रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आयोगको आग्रह
-
गण्डकीमा मध्यावधितिर जाने डर पनि छ : माओवादी
-
बाह्य बसाइ सर्ने नेपालीहरू प्रति एक लाखमा ३७ सय ५२ जना
-
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
-
नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको धेरै