अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह
आइतबार, २९ चैत २०७७, २२ : ५३
एजेन्सी । अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रुसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रुसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भने, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रुसले ब्यहोर्नुपर्नेछ ।
उनले भने, ‘मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो । “अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यदि रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण