भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला
मङ्गलबार, ३१ चैत २०७७, ११ : ३८
भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् ।
भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५ लाख ८० हजार ३८७ सक्रिय संक्रमित रहेका छन् । यो अहिले बढेर १२ लाख ५८ हजार ९०६ पुगेको छ । सोमबार ६२ हजार ९४६ जना सक्रिय संक्रमित थपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण