ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १४ सय ८० जनाको निधन
एजेन्सी । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार मात्र पनि कोरोना महामारीको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या एक हजार नाघेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यहाँ यो संक्रमणबाट कम्तीमा पनि एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार जना भन्दा बढी व्यक्तिमा यो महामारीको संक्रमण देखा परेको छ । प्राप्त समाचारमा यो महामारीबाट यहाँ दिनहुँ हजारौँ जना संक्रमित हुने गरेका पनि बताइएको छ ।
यहाँ कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३ लाख ५४ हजार ६१७ जनाको ज्यान गएको छ । ब्राजिल कोरोनाको संक्रमणबाट ज्यान जानेमा दोस्रो नम्बरमा पर्दछ । कोरोना महामारीबाट सबैभन्दा धेरै नागरिकको मृत्यु भएको भने संयुक्त राज्य अमेरिकामा हो । अमेरिकामा पनि यो महामारी पछिल्लो समयमा झनै बढ्दै गएको देखिएको छ ।
ब्राजिलमा १ करोड ३५ लाख जना नागरिकमा यो संक्रमण देखिएको छ । प्राप्त समाचार अनुसार यहाँ सोमबार सम्ममा संक्रमित हुनेको संख्या १ करोड ३५ लाख १७ हजार ८०८ जना पुगेका छन् । ब्राजिलको साओ पाओलो शहर यहाँको सबैभन्दा धेरै प्रभावित शहर हो । यो शहरका मात्र ८० हजार जनाभन्दा बढी नागरिकले यही महामारीबाट ज्यान गुमाएका बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण